TodayPati

जनकपुरधाममा पनि मनाइयो अन्तराष्ट्रिय युवा दिवस

टुडेपाटी–
जनकपुरधाम, साउन २५ गते ।

अन्तरराष्ट्रिय युवा दिवस जनकपुरधाममा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

मधेश सरकारको महिला, युवा, बालबालिका तथा खेलकुद मन्त्रालयको आयोजनामा जनकपुरधामको जानकी मन्दिर देखि जनकचौक, शिवचौक, भानूचौक, मिल्स एरिया हुँदै मन्त्रालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Sponsored

सो कोणसभामा बोल्दै जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदिप साहले युवाहरु भविष्यको कर्णधार नभएर आजको कर्णधार हुनुपर्ने बताए ।

उनले जो जहाँ छ त्यहीँबाट युवाहरुले आफ्नो अधिकार सुनिश्चित गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘मन्त्रालयबाट यस्तो योजना आओस् जसले दिर्घकालिन रुपमा युवाहरुको हकहितको लागि काम होस् । बजेट सकाउनका लागि एनजीओको प्रोग्राम जस्तो नआओस् ।’

मन्त्रालयमै करिद दुई दर्जन युवाहरुले रक्तदान गरेका छन् ।

Sponsored

चारदिनसम्म मनाइने अन्तराष्ट्रिय युवा दिवसको पहिलो दिन प्रभातफेरी र रक्तदान भएको छ भने रातिमा टिभी प्रोग्राम, दिपप्रज्वलन कार्यक्रम रहेको छ । सोमबार समिक्षा बैठक बसेर कार्यक्रम सम्पन्न हुने अध्यक्ष साहले बताए ।

मन्त्रालयले कार्यक्रमको आयोजना गर्दा सिएफएडब्लु, जिल्ला युवा सञ्जाल लगायतका विभिन्न संघ संस्थाको समन्वयमा युवा दिवस मनाइएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *