धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जुलीको घोषणा
टुडेपाटी–
जनकपुरधाम, साउन २५ गते ।
नेकपा एमालेकी नेतृ जुली कुमारी महताले धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएकी छन् ।
एमालेकी पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री समेत रहेकी महतो अगामी मंसिर ४ गतेका लािग प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा भएसँगै धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी घोषणा गरेकी हुन् ।
यहाँको अवस्था विगतभन्दा निकै सहज हुने देखेपछि उम्मेदवारी घोषणा गरेको उनले बताइन् ।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।
Sponsored