TodayPati

छोरीको प्रेमीलाई घरमा बोलाएर रामधुलाई

टुडेपाटी–
काठमाडौँ, साउन २५ गते ।

छोरीको प्रेमीलाई घरमा बोलाएर निर्घात कुटपिट गरेको आरोपमा दांग प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका ३ खरदरियाका १९ वर्षीय मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन्। उनको टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ।

Sponsored

प्रहरीले कुटपिट गरेको अभियोगमा केटीका बुवा पाटेश्वर यादव र काका धिरजबहादुर यादवलाई पक्राउ गरिएको छ।

दाङका प्रहरी प्रमुख एसपी शुरेस काफ्लेले भागेकाहरूको पनि खोजी जारी रहेको बताए ।

प्रेम सम्बन्ध केटी पक्षकाले स्वीकार गर्न नसक्दा घटना हुन गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Sponsored

जनज्योति माध्यमिक विद्यालय बेलामा कक्षा १२ मा अध्ययनरत्त यादव सोही विद्यालयमा पढाउने शिक्षक पाटेश्वर यादवका छोरीसँग प्रेम गाँसेको भन्दै मन्सारामलाइ बन्धक बनाएर कुटपिट गरेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको छ।

दुवैबीच प्रेम सम्बन्ध रहेको केटीका बाबुले थाह पाएपछि प्रहरीका अनुसार घरसल्लाह गरेर कुटपिटको योजना बनाएको रहस्य खुलेको छ।

घाइते यादवको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भैरहेको छ।

केटीका आफन्तले युवकलाई नक्कली चोर बनाएको कागजसमेत प्रहरीले बरामद गरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *