धनुषामा १२ हजारभन्दा बढी मतदाता थपिए
टुडेपाटी–
जनकपुरधाम, साउन २५ गते ।
धनुषामा करिब डेढ महिनामा १२ हजार १९४ नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले असार १ गतेदेखि सुरु फोटोसहितको मतदाता नामावली संकलन गरेपछि निर्वाचनको मिति घोषणा भएको दिनसम्ममा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलनको काम थालिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णा राउतका अनुसार धनुषामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला नयाँ मतदाता थपिएका छन् ।
यस्तै जिल्ला बाहिरका ४५० नयाँ मतदाता थपिएका हुन् । अब रुजु भएर आएपछि मात्र नयाँ कति मतदाना पुगेको भन्न सकिने आयोगको कार्यालयले जनाएको छ ।
Sponsored
यसअघि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ ३८८ मतदाता रहेका थिए ।