TodayPati

पर्सामा घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरीको फन्दामा

टुडेपाटी-पर्सा, साउन २७ गते । पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए । उनले घाँटी थिचेर श्रीमतीको हत्या […]

महिला शिक्षाको पक्षमा ‘फत्वा’ जारी गर्ने मुस्लिम धर्मगुरुको हत्या

एजेन्सी-काठमाडौं, साउन २७ गते । अफगानिस्तानका प्रमुख धर्मगुरु शेख रहिमुल्लाह हक्कानीले महिला शिक्षाको पक्षमा रहेपछि उनको हत्या भएको छ। अन्तरास्ट्रिय सञ्चारमाध्यमले राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा धर्मगुरु हक्कानीको मृत्यु भएको तालिबान अधिकारीलाई उद्धृत गर्दै जनाएका छन्। प्लाष्टिकको कृतिम गोडामा बिस्फोटक पदार्थ लुकाएर ल्याएका व्यक्तिले आफैलाई बिस्फोट गराएर शेख हक्कानीको हत्या गरेको तालिबान अधिकारीले समाचार […]

६ महिनामै महोत्तरी प्रहरीको २ करोड ४० लाखभन्दा बढी राजस्व सङ्कलन

टुडेपाटी-महोत्तरी, साउन २७ गते । महोत्तरी प्रहरीले २ करोड ४० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीको ६ महिनाको कार्यकालमा महोत्तरी प्रहरीले २ करोड ४० लाख ४८ हजार ७८६ रुपैयाँ राजस्व सङ्कलन गरेको हो । फागुन महिनामा मात्रै ३४ लाख ६१ हजार ७१ रुपैयाँ राजस्व सङ्कलन भएको एसपी […]

तराई-मधेशसहित मिथिलाञ्चलमा आज रक्षाबन्धन, देशभर सार्वजनिक विदा

टुडेपाटी-जनकपुरधाम, साउन २७ गते ।तराई मधेशसहित मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्व मनाइँदै छ । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । सरकारले यस अवसरमा देशभर आज सार्वजनिक बिदा दिएको हो । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको […]

सप्तरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु

शुभ नारायण यादव-सप्तरी, साउन २६ गते । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । बोदेबर्साईन नगरपालिका ८ काचन बस्ने मिता राम दासकी ६ वर्षीया छोरी नन्दनी कुमारी दासको डुबेर मृत्यु भएको हो । स्थानीय लक्ष्मी साहको पोखरीमा नुहाउने क्रममा डुबेर बालिका सिकिस्त भएकी थिइन् । उनलाई उपचारको लागि शत्रुधन अस्पताल बोदेबर्साईन सप्तरीमा लैजाने […]

भारत प्रवेश गर्न लागेकी पाकिस्तानी युवती भिठामोड नाकाबाट पक्राउ

टुडेपाटी-जनकपुरधाम, साउन २६ गते । नेपाल भारत सीमा नाका महोत्तरी स्थित भिठामोड नाकाबाट एक पाकिस्तानी युवती पक्राउ परेकी छन् । जलेश्वर हुँदै भारत प्रवेश गरिरहेकी पाकिस्तानी युवतीलाई भिठ्ठामोड नाकाबाट सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार दावत(ए(इश्लामी संगठनसँग साँठगाँठ रहेकी पाकिस्तानी युवती महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारत बिहारको सीतामढी जाँदै थिइन् । […]

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने जनकपुरधामका प्रवेश विद्यालयबाट सम्मानित

टुडेपाटी-जनकपुरधाम, साउन २६ गते । २०७८ सालको एसईई परीक्षामा जनकपुरधामस्थित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयबाट प्रदेशभरिमै उत्कृष्ट नतिजा ल्याउने छात्र प्रवेश यादवलाई विद्यालयले सम्मान गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल बस्ने संतोष यादवका छोरा प्रवेश यादवले यसवर्षको एसईईमा मधेस प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका हुन् । बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उत्कृष्ट नतिजा ल्याउने छात्र यादवलाई […]

मधेश प्रदेश : पोखरीमा डुबेर एक बालिकाको मृत्यु

टुडेपाटी-सप्तरी, साउन २६ गते । पोखरीमा डुबेर सप्तरी एक बालिकाको मृत्यु भएको छ । बिहिवार दिउँसो सावा एक बजेको समयमा सप्तरीको बोदेबर्साईन नगरपालिका ८ काचन स्थित रहेको लक्ष्मी साहको पोखरीमा स्थानीय मिता राम दासको करिब ६ वर्षीया छोरी नन्दनी कुमारी दास नुहाउने क्रम्मा पोखरीमा डुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पोखरीमा […]

महोत्तरीमा श्रीमती र सासुलाई आगो लगाएर फरार रहेका पुरुष पक्राउ

टुडेपाटी-महोत्तरी, साउन २६ गते । महोत्तरी प्रहरीले श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेका श्रीमान्‌लाई पक्राउ गरेको छ । साउन २१ गते राती श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए […]

जनकपुरधाम : घरमा चोरीभएपछि चोरसंग कपाली तमसुक, जसले भयो छोराको हत्या

टुडेपाटी- जनकपुरधाम, साउन २६ गते । जनकपुरधाम उपमहानगरपालिकाका १८ वर्षीय किशोर अर्जुन साहको पूर्वयोजना बनाएर महोत्तरीमा हत्या भएको रहस्य खुलेको छ । गत साउन २३ गते बिहान महोत्तरीको लोहारपट्टी नगरपालिका-८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकमा अर्जुनको शव फेला भेटिएको थियो। जनकपुरमा टेम्पो चलाउने अर्जुनको योजनावद्ध हत्या भएको महोत्तरी प्रहरीले जनाएको छ । अर्जुनको […]