TodayPati

६ महिनामै महोत्तरी प्रहरीको २ करोड ४० लाखभन्दा बढी राजस्व सङ्कलन

टुडेपाटी-
महोत्तरी, साउन २७ गते ।

महोत्तरी प्रहरीले २ करोड ४० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीको ६ महिनाको कार्यकालमा महोत्तरी प्रहरीले २ करोड ४० लाख ४८ हजार ७८६ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

फागुन महिनामा मात्रै ३४ लाख ६१ हजार ७१ रुपैयाँ राजस्व सङ्कलन भएको एसपी पंगेनीले बताए। एसपी पंगेनीका अनुसार विभिन्न किसिमको लत्ताकपडा, किराना सामानहरू, सवारी साधन र नगद बरामद भएको थियो ।

Sponsored

त्यस्तै चैत महिनामा ६८ लाख ६६ हजार ५८३ रुपैयाँ, वैशाखमा २२ लाख ८७ हजार ९६५ रुपैयाँ, जेठमा ३० लाख ८१ हजार ४०० रुपैयाँ, असारमा ५० लाख ४२ हजार ३३४ रुपैयाँ र चालू आवको साउन महिनामा ३३ लाख ९ हजार ४२५ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

विभिन्न किसिमको लत्ताकपडा, किराना सामानहरू, सवारी साधन र स्रोत नखुलेको रकमसँगै फागुनमा २ जना, चैतमा ३ जना, वैशाखमा १ जना, जेठमा ३ जना, असारमा ६ जना र साउनमा १ जना गरी १६ जना समेत पक्राउ परेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *