TodayPati

महोत्तरीमा श्रीमती र सासुलाई आगो लगाएर फरार रहेका पुरुष पक्राउ

टुडेपाटी-
महोत्तरी, साउन २६ गते ।

महोत्तरी प्रहरीले श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेका श्रीमान्‌लाई पक्राउ गरेको छ ।

साउन २१ गते राती श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

Sponsored

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवास्थित नेपाल क्षेत्रबाटै शंकरलाई पक्राउ गरिएको बिष्टले बताए ।

भंगहा नगरपालिका ९ कंचन वन सखुवा टोलस्थित माइतीमा रहेको बखत राति पौने १२ बजे शंकरले प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए ।

औरही नगरपालिका ८ टिमकिया घर भएका शंकर पनि ससुरालीमा बस्दै आएको प्रहरीको भनाइ छ ।

Sponsored

श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासुले पनि सघाउने गरेको आशंकमा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए ।

सोही बिषयमा साउन २१ मा झगडा हुँदा शंकरले दुवैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *