TodayPati

एजेन्सी-
काठमाडौं, साउन २७ गते ।

अफगानिस्तानका प्रमुख धर्मगुरु शेख रहिमुल्लाह हक्कानीले महिला शिक्षाको पक्षमा रहेपछि उनको हत्या भएको छ।

अन्तरास्ट्रिय सञ्चारमाध्यमले राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा धर्मगुरु हक्कानीको मृत्यु भएको तालिबान अधिकारीलाई उद्धृत गर्दै जनाएका छन्।

प्लाष्टिकको कृतिम गोडामा बिस्फोटक पदार्थ लुकाएर ल्याएका व्यक्तिले आफैलाई बिस्फोट गराएर शेख हक्कानीको हत्या गरेको तालिबान अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्।

आक्रमणको जिम्मा बिद्रोही समूह इस्लामिक स्टेट (आइएस)ले  लिएको छ। हक्कानीको कार्यालय भित्रै बिस्फोट गराएको आइएसले बताएको हो। स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार बिस्फोट राजधानी काबुलमा रहेको एक मदरसामा भएको हो।

शेख हक्कानी अफगानिस्तानमा तालिबान शासनको पक्षमा थिए र उनले महिला शिक्षाको पक्षमा अभिव्यक्ति दिँदै आएका थिए। उनले महिला शिक्षाको पक्षमा धार्मिक अभिव्यक्ति ‘फत्वा’ जारी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *