सप्तरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु
शुभ नारायण यादव-
सप्तरी, साउन २६ गते ।
सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।
बोदेबर्साईन नगरपालिका ८ काचन बस्ने मिता राम दासकी ६ वर्षीया छोरी नन्दनी कुमारी दासको डुबेर मृत्यु भएको हो ।
स्थानीय लक्ष्मी साहको पोखरीमा नुहाउने क्रममा डुबेर बालिका सिकिस्त भएकी थिइन् ।
उनलाई उपचारको लागि शत्रुधन अस्पताल बोदेबर्साईन सप्तरीमा लैजाने क्रममा बाटोमै मृूत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकाको शव पोस्टमार्टम गरी परिवारजनको जिम्म लगाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
Sponsored