बीरगञ्जमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ५४ पुग्यो
टुडेपाटी-
बीरगञ्ज, साउन १६ गते ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ । वडा नम्बर १६ नगवाका ३५ बर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मृत्यु हुनेमा एकजना ३५ र एक जना ६५ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो ।
ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भए ।
त्यहाँबाट सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।
Sponsored
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यसमध्ये ८ जना साउनमा मात्रै पर्सामा निधन भएका कोरोना संक्रमण हुन् । कोरोना संक्रमणकै कारण बाराका २ जना र रौतहटतका १ जनाको मृत्यु पनि वीरगञ्जमै भएको थियो ।
यस्तै वीरगञ्जमा बिहान घरमै मृत्यु भएका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–२ छपकैयाका ६५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरेको थियो । बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा.उपाध्यायले बताए ।
मृतकसहित बिहिबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।