TodayPati

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोनाबाट मृत्यु, मृतकको सङ्ख्या ५५ पुग्यो

टुडेपाटी-
वीरगञ्ज, साउन १६ गते ।

वीरगन्जस्थित जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगन्जका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०को कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको भेन्टिलेटरमा उपचारतर ५६ वर्षीय सीईओको बिहीबार राति मृत्यु भएको हो ।

Sponsored

उनलाई हिजो दिउँसोदेखि अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर निरजकुमार सिंहले जानकारी दिए । उपचारकै क्रममा राति ११ गते मृत्यु भएको उनले बताए ।

भारत निवासी उनी पुरानो मुटुरोगी भएको खुलेको छ । साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनको शव अहिले अस्पतालमै राखिएको छ।

योसँगै वीरगन्जमा मात्रै कोरोनाबाट १३ जनाको मृत्यु भएको छ भने देशभर अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ ।

Sponsored

वीरगन्जमा बिहीबार नै २ जनाको मृत्यु भएको थियो । बुधबार पनि २ जनाको मृत्यु भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *