नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
टुडेपाटी-
जनकपुरधाम, साउन १० गते ।
देउताको रुपमा नागको पूजाअर्चना गरी आज नाग पञ्चमी पर्व मनाइँदैछ । हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ ।
नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ ।
शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महत्त्व रहेको वर्णन गरिएको छ ।
मिथिलाञ्चलमा नागपञ्चमीका दिन धानको लावा भुटेर तन्त्रमन्त्र गरी रातिमा घरमा छर्ने चलन पनि रहेको छ ।