प्रदेश २ : कोरोनाबाट थप एक पुरुषको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, साउन ८ गते ।
प्रदेश २ मा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको संक्रमणबाट मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
सोमवार उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नरायणी अस्पताल अन्र्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको छ ।
दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।
मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो ।
Sponsored
उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए । मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको उनको भनाइ छ ।