धनुषा बम विस्फोटमा ज्यान गुमाएका इन्स्पेक्टर दाहालका परिवारलाई १० लाख दिइने
टुडेपाटी-
जनकपुरधाम, साउन ६ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा भएको बम विस्फोटको घटनामा मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालका परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
बम विस्फोटमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख दाहालसहित राजेश साह र उनका १७ वर्षीय छोरा अनन्तको ज्यान गएको थियो ।
सरकारले शाह परिवारलाई पनि १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । राजेशको घरको बाहिर बम राखेको सूचना आएपछि प्रहरी निरीक्षक दाहाल अन्य प्रहरीसहित त्यहाँ पुगेका थिए । उनी घटनास्थल पुगेको केही समयमा विस्फोट भएको थियो ।
विप्लव नेतृत्वको नेकपाले उक्त विस्फोट गराएको प्रहरीको अनुसन्धान प्रतिवेदन छ ।
Sponsored