TodayPati

सप्तकोसी नदीमा बढ्यो पानीको बहाव, ४४ वटा ढोका खोलियो

टुडेपाटी-

जनकपुरधाम, साउन ६ गते ।

निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गगएको छ । नदीको कुल ५६ ढोका मध्ये ४४ ढोका खोलिएको हो । अविरल वर्षाका कारण अहिले कोशी नदीमा पानीको बहाव यो वर्षकै सबभन्दा उच्च रहेको कण्ट्रोल रुमले जनाएको छ ।

Sponsored

कोशी ब्यारेज कन्ट्रोल रुमकाअनुसार ३ लाख २७ हजार क्यूके पानीको बहाव मापन गरिएको छ । पानीको बहाव बढेसँगै आसपासका क्षेत्रहरुमा उच्च सतर्कताको लागि अपिलसमेत गरिएको छ । ४४ वटा ढोका (फाटक) खोलिएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले जलसतहले सतर्कता पार गरेको भन्दै हाई एलर्ट जारी गरेको छ ।

कन्ट्रोल रुमले नदीले सतर्कता पार गर्न सक्ने भन्दै करिब २ दिनअघि देखिनै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *