सरकारबाट उपेक्षित प्रदेश २ का २५४ विपन्न दलित परिवारलाई भोरको राहत
टुडेपाटी-
जनकपुरधाम, साउन ६ गते ।
भोर संस्थाले लकडाउन पीडित प्रदेश २ का २५४ विपन्न दलित समुदायलाई राहत वितरण गरेको छ ।
डुआने बेरिएन क्लिफोर्ड जोन्स तथा ईन्दिरा आलेको आर्थिक सहयोगमा भोरले महोत्तरीका १३५, सर्लाहीका ८६ र रौतहटका ३३ गरी कुल २५४ अति विपन्न परिवारलाई एकिकृत राहत प्याकेज प्रदान गरेको हो ।
मुसहर, चमार, दुसाध र मुस्लिम समुदायका २५४ अति विपन्न परिवारलाई भोरले उक्त राहत प्याकेज प्रदान गरेका हुन ।
भोरको अध्यक्ष पचुलाल माझी, कोषाध्यक्ष उमेश कुमार साह र सदस्य राजेश रामको संयोजन तथा व्यवस्थापनमा महोत्तरी जिल्लाको भंगहा गांउपालिका, जलेश्वर नगरपालिका, सर्लाही जिल्लाको धनकौल गांउपालिका, चन्द्रनगर गांउपालिका र रौतहट जिल्लाको परोहा नगरपालिकामा सो प्याकेज वितरण गरिएको हो । प्रति परिवार २५ किलो चामल, ५ किलो हरियो तरकारी, १ किलो दाल, १ लिटर खाने तेल, १ किलो आयोडिन नुन र ४ पिस साबुन उक्त एकिकृत राहत प्याकेजमा समावेश गरिएको थियो ।
सरकारबाट उपेक्षित विपन्न परिवारहरुलाई घर घरमै गएर राहत पुर्याएको भोरका निर्देशक राजकुमार महतोले बताए ।