देशैभर बाढी पहिरोको जोखिम : प्रदेश २ का सबै जिल्लाका नदीमा उच्च बाढीको खतरा
टुडेपाटी-
जनकपुरधाम, साउन ६ गते ।
लगातारको वर्षाले देशैभर बाढीपहिरो तथा डुबानको खतरा बढेको छ । बाढी पहिरोतथा डुबानको खतराबाट बच्न बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान ७ बजे २४ घण्टाको बाढी पूर्वानुमान सूचना जारी गरेको छ ।
महा शाखाले जारी गरेको सूचनाअनुसार नारायणी र सहायक नदीमा बहाव खतरा माथि हुने र त्यसले नवलपरासीको सुस्ता डुबानमा पर्ने जोखिम छ । यस्तै कोसी नदीको सतह पनि खतरा नजिक पुग्ने सम्भावना छ भने कन्काई, कमला, बागमती, तिनाउ, पूर्वी राप्ती नदीको जलस्तर पनि सतर्कता चिह्न आसपास पुग्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
प्रदेश २ को सिरहा, सप्तरी, धनुषा लगायत सबै जिल्लाका नदिहरुमा अकास्मिक उच्च बहावको सम्भावना रहेकाले सावधमानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तो छ २४ घण्टाको वर्षा पानी र बाढीको उच्च जेखिममा रहेको पूर्व सूचना