TodayPati

माइतीमा बस्दै आएकी महिलालाई बागमतीले बगाए

टुडेपाटी-

सर्लाही, साउन ३ गते ।

बागमती नदीको नहरमा डुबेर शनिबार अपराह्न एक महिलाको ज्यान गएको छ । सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीस्थित बागमती सिँचाइ आयोजनाको मानपुर शाखा नहरमा डुबेर अन्दाजी ४१/४२ वर्षकी अम्बिका काफ्ले सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । 

Sponsored

बागमती नगरपालिका ६ घर भएका गोविन्द सुुवेदीकी श्रीमती उनी केही समय पहिलादेखि नगरपालिकाकै वडा नम्बर ८ काफ्ले टोलस्थित माइतीमा बस्दै आएकी थिइन् । काफ्लेलाई नहरले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरेका थिए । ​

उनलाई उपचारका लागि बरहथवा लैजाँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद यादवले जानकारी दिए । शव परीक्षणका लागि सर्लाही जिल्ला अस्पताल मलंगवा पठाइएको छ । 
 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *