जनकपुरमा दुईवटा मोटरसाईक ठोक्किएर एकजनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, माघ ११ गते ।
जनकपुरमा दुईवटा मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु भएको छ । मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा धनुषाको लक्ष्मीनिया गाउँपालिका-१ सोहनीका ५० वर्षीय देवेन्द्र यादवको मृत्यु भएको हो ।
उनी मधेश सरकारकोभौतिक पूर्वाधार मन्त्रालयका सवारी चालक थिए ।
धनुषाका प्रहरी प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार आज बिहान ज १ ब ७५५ नम्बरको मोटरसाइकलमा सवार भएर मन्त्रालय गइरहेका यादवलाई मधेस प्रदेश २- ०२-००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीरया घाइते भएका यादवलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।
Sponsored