TodayPati

हत्या अभियोगमा जलेश्वर जेलमा कैद भुक्तान गरिरहेकी महिलाको मृत्यु

टुडेपाटी-

जलेश्वर, साउन ३ गते ।

महोत्तरीको जलेश्वर कारागारमा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५ वर्षीया नुर जहाँ खातुनको उपचारका क्रममा मृत्यु भएको हो ।

Sponsored

कारागार प्रशासनका अनुसार विगत केहि दिनदेखि बिरामी परेकी खातुनको अवस्था गम्भीर भएपछि गत बिहीबार उनलाई जलेश्वर जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उनको गएराति करिब २ बजेतिर निधन भएको जेलर मकसुदन महासेठले बताए । करिब १५ दिनदेखि ती महिलाले टाउको दुखेको बताउँदै आएकी थिइन् ।

उनलाई सामान्य औषधी दिँदै आएकोमा बिहीबार अचानक उनको अवस्था नाजुक भएपछि उनलाई अस्पताल भर्ना गरिएको जेलर महासेठको भनाइ छ । उनी कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ गतेदेखि कैद सजाय भोग्दै आएकी थिइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *