TodayPati

सिरहामा अज्ञात समुहद्वारा नेकपा नेतामाथि बम प्रहार

टुडेपाटी-

सिरहा, साउन ३ गते ।

सिरहामा स्थानीय नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ । सिरहाको औरही गाउँपालिका–५ का नेता यादव घरमा सुतिरहेका बेला मध्यरातमा उनीमाथि अज्ञात समुहले बम प्रहार गरेको हो ।

Sponsored

उनलाई बमको छर्रा लागेर घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।

नेता यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम रहेको जिल्ला अस्पतालमा लगिएको छ । बम कसले  र किन प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन ।

जिल्ला प्रहरी सिरहाका अनुसार  बम बिस्पोट भएको घटनास्थलमा जिल्लाको टोली पुग्दै गरेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *