TodayPati

प्रदेश २ का जिल्लाबासीबाट एक करोड ८१ लाख बढी ठग्ने चन्दन पक्राउ

टुडेपाटी-

जनकपुरधाम, साउन २ गते ।

सर्लाही, बारा, पर्सा र झापाका २२ जनाबाट सात करोड ८१ लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
झापा दमक नगरपालिका ७ कृष्‍णमन्दिर बस्ने २९ वर्षीय चन्दन जिन्दललाई महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

Sponsored

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार उनले झापा, बारा, पर्सा र सर्लाही बस्ने विभिन्न व्यक्तिहरूलाई विभिन्न बहाना बनाइ ठगेर फरार थिए।

आफूलाई मनिष अग्रवाल भनेर चिनाउने जिन्दालले चार जिल्लाका २२ जनालाई ठगिसकेको छ।

उनीहरूबाट ठगी तथा बैंकिङ कारोबारमार्फत् सात करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ।

Sponsored

त्यस्तै, उनीविरूद्ध अन्य कैयन् व्यक्ति तथा उद्योगीहरूबाट उजुरी आउने क्रम रहेको छ।

जिन्दलले बारा, पर्साका विभिन्न खाद्यान्न व्यापारीहरूबाट खाद्यान्न उधारोमा लिई काठमाडौंका व्यापारीहरूलाई खरिद मूल्यभन्दा पनि सस्तोमा विक्री गरेको अनुसन्धानबाट खुलेको छ।

उनीविरूद्ध थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *