सूर्य नेपालद्वारा प्रदेश २ सरकारको कोरोना राहत कोषमा १ करोड सहयोग
टुडेपाटी-
जनकपुरधाम, साउन १ गते ।
कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा सूर्या नेपाल प्रालीले एक करोड रुपैया सहयोग गरेको छ ।
सूर्या नेपालका सूर्या नेपालका प्रतिनिधि राजु केसी र नवराज बजगाईले मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका हुन् । कोरोना राहत कोषामा हालसम्म सबभन्दा बढीको सहयोग गर्ने संस्था सूर्य नेपाल प्रा.लि. बनेको छ ।
प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक , वितिय संस्था , विभिन्न व्यापारीक घरानाहरुले जम्मा गराएका छन् । उक्त रकम बाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आएको छ ।
मुख्यमन्त्रीको निवासमा भएको चेक हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद रामअशिस यादव, जिल्ला समन्वय समितिका धनुषाका उप सभापति दिपक झा, जसपाका युवा नेता ज्ञानेन्द्र झा ज्ञानु लगायतको उपस्थिति रहेको थियो ।
Sponsored