TodayPati

प्रचण्ड र नेपालले फेरी भने : प्रधानमन्त्री ज्यु दुबै पदबाट राजीनामा दिनुस

टुडेपाटी-

काठमाडौँ, साउन १ गते ।

नेपाल कमयुनिष्ट पार्टीमा केहीदिनदेखि जारी विवाद साम्य हुन सकेको छैन् ।

Sponsored

पार्टी भित्रको विवाद उत्कर्षमा पुगेपछि केहीदिनयता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच संवाद जारी छ ।

सोही क्रममा बिहीवार भएको संवादको क्रममा प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले फेरी प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेका छन् ।

भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए ।

Sponsored

यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे । तर ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने बताएका छन् ।

प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राखेका थिए । तर ओली त्यसमा सहमत छैनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *