TodayPati

सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ

टुडेपाटी-
सिरहा, असार २३ गते ।

सिरहामा लागुऔषधसहित प्रहरीले छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका–३ निवासी २८ वर्षीय कुष्णदेव यादवलाई पक्राउ गरेको हो ।

भारतीय बजारबाट पैदल आउँदै गरेका यादवलाई शङ्का लागेर जाँच गर्दा लागु औषध डाइलेक्स डिसी १०० एमएलको ४७ बोतल बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

Sponsored

यस्तै यसअघि सोमबार मात्रै घरमै लागु औषध लुकाइछिपाइ राखेर बिक्री गर्दै आएको अवस्थामा प्रहरीले लागु औषधसहित गोलबजार नगरपालिका–४ निवासी ४२ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।

आफ्नै घर कोठामा प्रतिबन्धित लागु औषध बिक्री वितरण गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीको नेतृत्वमा खटिएको टोलीले लागु औषध डाइलेक्स डिसी ६७ बोतल, नाइट्रोभेट ट्याब्लेट १६५ थानसहित साहलाई पक्राउ गरिएको डिएसपी घिमिरेले बताए ।

Sponsored

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *