TodayPati

भंगहाका मेयर साहलाई ‘पल्लाबलाके बेटा’ भनेपछि….

टुडेपाटी-
महोत्तरी, असार २० गते ।

महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवसाहलाई स्थानीय नेकपाका एक नेताले पल्ल बलाका छोरा भनेपछि एक त्यसैमा अधारित एउटा गीत नै तयार भएको छ । भंगहा नगरपालिका अनारवन बस्ने श्याम यादवले एउटा गीत नै तयार पारेका हुन् ।
यतावदले गीत रचना गरी आफ्नै स्वरमा रेकर्डिंग समेत गराएका छन् । गीतको बोल रहेको छ ‘पल्ला बालाके बेटा चौकीदार भगेलै’

त्यस गीतमा भनिएको छ ‘पल्लाबलाके बेटा चौकीदार भगेलै, लोकतन्त्रके सपना सकार भगेलै’
गीतमा मोदी, लिंकन र महात्मागान्धीको चर्चा गरिएको छ । तल्लो तहतप्काका छोरा पनि मिहिनेत गर्दै माथिल्लो पदमासम्म पुगेको व्याप्त उदाहरणको भाव गीतमा संदेश दिइएको छ ।

Sponsored

राजपा नेपालबाट निर्वाचित भंगहाका मेयर साहलाई केहि दिन अघि स्थानीय नेकपाका नेता नेकपाकै पार्टीको एक भेलामा मेयर साहको बुबा पल्ला गर्थे, छोरा कसरी मेयर बने ? कसरी पैसा कमाइरहेका छन् ? भन्दै पश्न उठाएका थिए ।

नेता सिंहको उक्त वक्तव्यसहितको भिडियो समाजिक संजालमा सार्वजनिक भएपछि आफुले त्यसको सकरात्मक संदेश प्रवाहित हुने भावको गीत तयार गरेको गीत निर्माता श्यामबाबु यादवले बताए ।

श्याम यादवले तयार पारेको गीत यस्तो छ

Sponsored

पला बला के बेटा चौकी दार भगेलैइ ।भंगहाको मेयर सन्जिब साह माथि बनाएको सुन्दर गीत ।

पला बला के बेटा चौकी दार भगेलैइ ।भंगहाको मेयर सन्जिब साह माथि बनाएको सुन्दर गीत ।

Posted by मधेश न्युज on Friday, July 3, 2020

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *