TMNC मा जिम्मेबारी बाँडफाँड, संयोजकमा ठाकुर
टुडेपाटी-
काठमाडौं, असार २० गते ।
तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् ।
परिषद्को शुक्रबार बसेको बैठकले संयोजकमा अधिवक्ता ठाकुर र सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
यस्तै परिषद्को प्रचारप्रसार विभागको जिम्मेवारी भने गुरुशरण सिंह (आभाष गुरु) ले पाएका छन् । शुक्रबारको बैठकले टिएमएनसीको संगठनात्मक संरचना तीनवटा विंगमा क्रियाशील बनाउने निर्णय पनि गरेको छ ।
तीन विंगमध्ये पोलिटिकल विंग क्रियाशिल बनाउनका लागि संयोजकको भूमिकामा रहेका सीएन थारुलाई पोलिटिकल विंगमा थप जिम्मेवार बनाउने तथा बाँकी विंगको जिम्मेवारी क्रमशः बाँडफाँड गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ ।
तराई मधेश राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय भेला २०७६ चैत्र २८ र २९ गतेमा गर्ने भनिएपनि कोरोना कहरका कारण हुन नसक्दा हिजो शुक्रबार कार्यालयमै बैठक (सभा) गरेर नयाँ नेतृत्व चयन गरिएको हो ।
नेतृत्व चयन सकिएसँगै आफ्नो वैचारिक धार किटान गर्ने लक्ष्यसहित तयारीमा जुटेको पनि जनाइएको छ । टिएमएनसी मधेश तथा उत्पीडनमा परेका जनताका लागि विभिन्न समयमा सक्रियता देखाउँदै आएको छ ।
Sponsored