TodayPati

जनकपुरको आइशोलेसनमा उपचाररत सदाको अवस्था गम्भीर, पिसिआर रिपोर्ट आउन बाँकी

टुडेपाटी-

जनकपुरधाम, असार २० गते ।

कोभिड अस्पताल जनकपुरमा उपचाररत एक विरामीको अवस्था चिन्ताजनक देखिएको छ ।

Sponsored

गत असार १९ गते राति महोत्तरीको रामगोपालपुर क्वारेन्टिनमा श्वाँसप्रस्वासमा समस्या देखिएपछि थप उपचारकालागि जनकपुर ल्याइएका ३० वर्षीय पुरुषको अवस्था चिन्ताजनक रहेको कोभिड आइशोलेसनका धनुषा संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टिनमा उनको ज्वरो र खोकीको उपचार चल्दैगर्दा स्थिती खराब भएपछि उनलाई थप उपचारकालािग जनकपुर रिफर गरिएको थियो । उनको आरडिटी पोजेटिभ देखिएपनि पिसिआर रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

‘रगतमा अक्सिजनमा कम देखिएको, ज्वारो आएको, तिब्र स्वास गति भएको छ,’ अस्पतालद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो अन्य लक्षण्हरु समेत देखिएकाले सोही आधारमा उनको उपचार भइरहेको विज्ञप्तीमा भनिएको छ ।

Sponsored

हाल उनको प्रारम्भिक डाइगोनिस सहित सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिदै छ । अस्पतालमा रहेको सम्पुर्ण स्रोतसाधानको परिचालन गरी सदा थरका उनको उपचार भैरहेको डा. सिंहले बताए ।

कोभिड अस्पतालले शक्रुवार समेत महोत्तरीबाट रिफर भइ थप उपचारकालागि पठाइएका एकजना पुरुषको अवस्था कुनैबेला गम्भीर हुनसक्ने विज्ञप्ती जारी गरी जनाएको थियो ।

धनुषाका हंसपुर नगरपालिकाका राजु सदाको कोभिड अस्पतालमा अवस्था खराब भइ प्रादेशिक अस्पताल जनकपुरको इमेरजेन्सी कक्षमा मृत्यु भएपछि परिवारजनले अस्पताल तथा चिकित्सकको लापरबाहीले उनको मृत्यु भएको आरोप लगाएपछि अस्पतालले विज्ञप्ती जारी गरी ‘हाइ रिस्क केस’ को स्थितीको बारेमा जानकारी दिन सुरु गरेको छ ।

अस्पतालले उठाएको यो कदमको समाजिक संजालहरुमा चौतर्फी प्रशंसा समेत भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *