TodayPati

धनुषामा तिब्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा दुइ जनाको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, असार १७ गते ।

तिब्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा धनुषामा दुइ जनाको मृत्यु भएको छ ।

Sponsored

बुधवार दिउँसो जनकपुर–ढल्केवर सढकखण्ड अन्तर्गत जनकपुरतर्फ आउँदै गरेको ज ३ प ७०४२ नम्बरको गाडी क्षिरेश्वरनाथ नगरपालिका–४ स्थ्ति हरैयामा अनियन्त्रित भइ पिलरमा ठोक्किएर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुराका २६ वर्षीय विजय कुमार शर्मा र नाम नखुलेको अन्दाजी ३५ वर्षीय महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका विजयको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र महिलाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले बताए ।

Sponsored

दुबैको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *