TodayPati

जनकपुर प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

टुडेपाटी-

जनकपुरधाम, असार १७ गते ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा धनुषा बाहेकका जिल्लाबाट आउनेहरुले दुइ साता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

Sponsored

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै बढी जनघनत्व भएको जिल्लाका सदरमुकाममा प्रवेश गर्न अनिवार्य क्वारेन्टिनको व्यवस्था लागु गर्न अनुरोध गरेको हो ।

कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट नागरिकलाई बच्न र बचाउनका लागि थप सतर्कता अप्नाउन गृहमन्त्रालयको सर्कुलर अनुसार नै सो नियम बनाइएको हो ।

कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

Sponsored

कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्लामा थप संक्रमण भित्रिन नदिन यस्तो कडाई गरिएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *