उपचार अभावमा मृत्यु भएका राजु सदाको परिवारलाई ५ लाख दिने प्रदेश सरकारको घोषणा
टुडेपाटी-
जनकपुरधाम, असार १२ गते ।
उपचार अभावमा छटपटिएर मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी दिए ।
घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन् ।
प्रदेश सरकारले बिहीबार मात्र १६ वर्षीय राजु सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।
Sponsored