TodayPati

सप्तरीमा सर्पको टोकाइबाट १८ महिने शिशुको मृत्यु

टुडेपाटी-
सप्तरी, असार ११ गते ।

सप्तरीमा सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु भएको छ।

सप्तरीको राजगढ गाउँपालिका–६ मा घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको हो । मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन्।

Sponsored

सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *