TodayPati

प्रदेश २ मा ३ वर्षीया बालिकासहित थप १६ जनामा कोरोना पुष्टि

नितेश यादव-
जनकपुरधाम, असार ११ गते ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार १ जना महिला र १५ जना पुरुष गरी कुल १६ जनामा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको कोरोना परीक्षणमा धनुषा जिल्लामा ९ जना, महोत्तरी जिल्लामा ५ जना र सिरहा जिल्लामा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकामा वर्ष १६, १७, २१, २३ र २५ का ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यसैगरी धनुषाकै बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित काली जनज्योती राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका वर्ष १२, १९, १८ र २१ का ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Sponsored

महोत्तरीको लोहारपट्टी नगरपालिकाको भेरुवा उच्च माध्यमिक विद्यालयमा वर्ष १६ का एकजना किशोर र मनरासस्विा नगरपालिकाको दुर्गा माध्यमिक विद्यालयमा वर्ष २१, २४, २७ र ५२ का ४ जना पुरुष गरी कुल ५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

त्यसैगरी सिरहाको जेएस मुरारका लहानको क्वारेन्टिनमा बसेका एक तीन वर्षीया बालिका र १७ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

यो सँगै प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ ।

Sponsored

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *