TodayPati

जनकपुरधाम उपमहानगरले वडाध्यक्षहरुका विरोधबीच ल्याइयो १ अर्ब ८० करोडको बजेट

टुडेपाटी-
जनकपुरधाम, असार ११ गते ।

जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ८० करोड ६२ लाख ५६ हजार २० रुपैयाँको विनयोजन बजेट प्रस्तुत गरेको छ । केही वडा अध्यक्षहरुका विरोधबीच बजेट ल्याइएको हो ।

वडा अध्यक्षहरुका असन्तुष्टिबीच मेयर लालकिशोर साहले बुधबार मध्यरातमा नगरसभा सम्पन्न गरेका थिए । वडा अध्यक्षहरुले नीति तथा कार्यक्रम एवं योजना तर्जुमा लगायतका प्रतिवेदन पारदर्शी रुपमा सार्वजनिक गर्न माग गर्दै प्रमुख साहको विरोधमा प्रदर्शन गर्दै आएपछि निर्धारित समयमा नगरसभा हुन सकेको थिएन ।

दुई दिनको लगातारको विरोधले मंगलवार नै हुने भनिएको उपमहानगरको पाँचौ नगरसभा बुधवार पनि निर्धारित समयमा हुन सकेको थिएन् । तर, करिब राति १२ बजे नगरसभा एकाएक सम्पन्न भएको घोषणा गरियो ।

Sponsored

नगरसभाको तयारीका लागि योजना तर्जुमा सम्बन्धी सोमबार बसेको बोर्ड बैठकमा नगरप्रमुख साहले एकलौटी निर्णय गरी बिना कुनै जानकारी सहिछाप गर्न भनेपछि असन्तुष्ट वडा अध्यक्षले माइन्यूट च्यातेका थिए ।

नगरप्रमुख साहको विरोधमा मंगलवारदेखि धर्नामा बसेका असन्तुष्ट वडा अध्यक्षहरुले माग पुरा नभएसम्म नगरसभा हुन नदिने अडान लिएका थिए। त्यसपछि नगरप्रमुख साहले आफ्नो पक्षमा बहुमत पुर्‍याउन बुधबार राती साढे १० बजे माइन्यूटमा हस्ताक्षर गरेवापत वडा अध्यक्षहरुलाई १ लाख र वडासदस्यहरुलाई ५० हजार रुपैयाँ बाँडेको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले आरोप लगाए ।

नगरप्रमुख साहले प्रस्तुत गरेको १ अर्ब ८० करोड ६२ लाख ५६ हजार २० रुपैयाँको बजेटमध्ये चालु खर्च तर्फ ५७ करोड ४० लाख ९२ हजार ५ सय र पूँजिगत खर्च तर्फ १ अर्ब २३ करोड २१ लाख ६३ हजार ५ सय २० रुपैयाँ बजेट छुट्टयाइएको छ ।

Sponsored

उनले प्रस्तुत गरेको बजेटमा प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड २० लाख र प्रधानमन्त्री स्वरोजगार कोष सञ्चालनका लागि १ करोड १० लाख रुपैयाँ प्राप्त भएको छ भने संघिय सरकारको तर्फबाट तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत १ करोड ४८ लाख ५० हजार र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ ३ करोड २ लाख ५० हजार रुपैयाँ प्राप्त भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *