TodayPati

प्रदेश सरकारले २४ घण्टाभित्र माग सम्बोधन नगरे प्रदेशभरिका सैलुन खोल्ने संघको चेतावनी

टुडेपाटी-
जनकपुरधाम, असार ९ गते ।
विगत ३ महिना देखिको लामो बन्दाबन्दीका कारण आफुहरुको व्यापार व्यवसाय चौपट भएकोले प्रदेश सरकारले २४ घण्टाभित्र माग सम्बोधन नगरे प्रदेशभरिका सैलुन खोल्ने चेतावनी दिएका छन् ।

नेपाल नाई संघले सैलुन खोल्ने वातावरण मिलाइदिन उनीहरुले गत जेठ २७ गते नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि सरकारले आफुहरुको पीडा नबुझेकोले बाध्य भएर सैलुन खोल्न लागेको संघका प्रदेश २ अध्यक्ष चन्देश्वर ठाकुरले जानकारी दिए ।

आफुहरुलाई लकडाउन अवधिभरको कोठा भाडा र पसल भाडा छुटको व्यवस्था हुनुपर्ने,बैंक तथा सहकारी संस्थाबाट लिएको नाई श्रमिकहरुको ऋणको ब्याज मिनहा हुनुपर्ने,नाई श्रमिकहरुलाई राहतको व्यवस्था हुनुपर्नेलगायतका माग गरेका छन् ।

Sponsored

कोरोना महामारीका कारण प्रदेशभरिका ३ हजार नाई श्रमिकहरुको व्यवसाय धरापमा परेको र उनीहरुलाई आफ्नो परिवारको खर्च जुटाउन समेत धौधौ परिरहेको ठाकुरले गुनासो गरेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको र लकडाउन भएदेखि नै नाईहरुले पूर्णरुपमा बन्द गरेका आ-आफ्ना व्यवसाय अहिलेसम्म बन्द नै रहेकाले नाई श्रमिकहरु बढी प्रभावित भएको अध्यक्ष ठाकुरको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *