बझाङमा क्वारेन्टिनमै एक युवकले गरे आत्महत्या
टुडेपाटी-
बझाङ, असार ८ गते ।
बझाङको छविसपाथिभेरा गाँपालिका ७ स्थित मजखोरी माविमा बनाइएको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् ।
३ दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले गएराति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए ।
‘६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए’, उनले भने ।
वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो ।
Sponsored
ति युवक बसेको क्वारेन्टाइनमा अहिले ४ जना रहेका छन् । उनीहरू फरकफरक मितिमा आएकाले अलग्गै कोठामा राखिएको छ ।