आज विहानै थप ५७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ९ हजार ८३ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, असार ८ गते ।
नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा ३६ र प्रदेश ३ को चितवनमा २१ जनागरी सोमवार विहान ५७ जना संक्रमित भेटिएको हो ।
गण्डकी प्रदेशको नवलपुरका २४ र स्याङ्जाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नवलपुरको बुलिङ्गटार गाउँपालिकाका १४, बौदिकाली गाउँपालिकाका ८ जना र गैँडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
त्यस्तै, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ८ पुरुष र २ महिलामा पनि कोरोना देखिएको छ । कालिगण्डकी गाउँपालिका २ जनामा पनि कोरोना पुष्टि भएको डा। शर्माले जानकारी दिए । नयाँ संक्रमित १८ देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५ सय ५६ पुगेको छ । जसमध्ये ५५ कोरोनामुक्त भएका छन् भने १ संक्रमितको ज्यान गएको छ । यसैगरी चितवनमा गरिको पीसीआर परीक्षणमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Sponsored
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपारसी पूव बुलिङटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।
संक्रमण पुष्टि भएकाहरुमा गैंडाकोट नगरपालिका –१७ का २८ र ३५ वर्षीय दुई जना पुरुष रहेका छन्। त्यस्तै बुलिङटार गाउँपालिका वडा नं ३, ४, ५ र ६ का ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २१, २०, २१, २१, २४, २४ का १४ जना पुरुष रहेका छन्।
यसै प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ती मध्ये माडीका चार पुरुष र भरतपुर महानगरका एक जना पुरुष रहेका छन्।