प्रदेश २ : आफ्नै साथीले बोलाएर निर्घात कुटपिट गरी मरिसक्यो भन्दै जिउदै गाडदिएपछि…
शुभ नारायण यादव
सप्तरी, असार ८ गते ।
सप्तरीमा सात जना युवाहरुको समुहले एक युवकलाई अपहरण गरी ज्यान मार्ने प्रयास गरेका छन। सुरुङ्गा नगरपालिका ४ कदमाहाका २९ वर्षिय ओम प्रकाश मण्डललाई सोहि ठाउँका स्थानीय सात जना युवाहरुले अपहरणको शैलीमा गाँउको पश्चिमपटिको खेतमा लगेर ज्यान मर्ने प्रयास गरेको घटना बाहिरिएको हो ।
घट्नामा संलग्न सातै जना अहिले फरार रहेको पिडितका आफन्तहरुले बताएका छन ।
पीडित ओम प्रकाशका बुवा लक्ष्मी मण्डलले आफनै घरमा पत्रकार सम्मेलन गरी ज्यान मार्ने प्रयास गरेका सातै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी कारवाही गर्नुपर्ने माग गरेका छन् ।
उनका अनुसार विहिबार राती ११ बजेतिर त्यहि गाँउका २१ वर्षिय ऋषि सिंहले ओम प्रकाशलाई बोलाएर एक्लै शौचकालागि जान डर लागेको भनि फकाएर शौच गर्ने बहानामा घरबाट लगेको र बाहिर उनका साथीहरु आदित्य चौधरी,रञ्जित ठाकुर,प्रभु चौधरी,भगवानदेव चौधरी,मुकेश चौधरीर रमेश चौधरी आएर ओम प्रकाशको मुख थुनि गाँउभन्दा पश्चिम लगेर सातै जनाले नाङ्गै पारी निर्घात कुटपिट गरेका हुन् ।
‘कुटदा कुट्दै मरिसक्यो भनेर खेतमा टाउको गाडेर उनीहरु त्यहाँबाट निस्के । बिहान करिब २ बजे होस आएपछि नाङै वेहोस अवस्थामा ओम प्रकाश घर फर्केका थिए,’ उनले भने ।
Sponsored
नगर प्रमुख मुक्ति चौधरीको घर समेत त्यहि गाँउमा भएकाले त्यसै रात उनलाई घट्नाबारे जानकारी गराएको उनका बुवाले बताए ।
नगरप्रमुखले उपचार गराई ज्यान जोगाउन दिएको सल्लाह अनुसार लहान स्थित सप्तऋषि अस्पतालमा ओशमप्रकाशलाई भर्ना गराई उनको उपचार गराउँदा अवस्थामा केही सुधार आएपछि बिराटनगर स्थित न्युरो अस्पतालमा चेक जाँच गराउदा एकलाख भन्दा बढीको जाँच र औषधी भएको उनका बुवाको भनाई छ ।
शनिबार राति घर ल्याएको छोरा ओम प्रकाश अझैपनि मुख खोल्न सकेको छैन। पिता लक्ष्मी मण्डलले पीडा पोख्दै भने ‘मेरो छोरासित ती सातैजना मध्येका २ जना युवा संग १५ दिन पहिले समान्य वादविवाद भएको थियो ,त्यति बेला नै उनीहरुले मोटर साइकलले ठक्कर दिएर मारि दिन्छु कि त पिटदा पटिदै ज्यान नै मारि दिने धम्की दिएपनि हामीले यसलाई समान्य रुपमा लियौँ तर उनीहरुले साँच्चिकै यस्तो हर्कत गरेछन्,’ उनले भने ।
विडी, चुरोट, गुटका केहि सेवन नगर्ने ओम प्रकाश यस गाँउका सबभन्दा सोझो र भलादमी युवक रहेको र खेतिपातीको काम बाहेक अरु संग मतलबै नराख्ने स्वाभावको रहेको पत्रकार सम्मेलनमा स्थानीयहरुले बताए ।
घटनामा संलग्न सातै जना युवाहरुमाथि कडा कानुनी कार्वाही हुनुपर्ने उनीहरुको माग छ । इलाका प्रहरी कार्यालय कडोरबोना सप्तरीका प्रहरी निरिक्षक राम राजा केशरीसँग घट्नाबारे जिज्ञासा राख्दा जानकारी भएपछि प्रहरी पुग्दा घट्नामा संलग्न सातै जना युवकहरु फरार भएको बताएका छन।
लागु औषध सेवन गर्ने सातै जना युवकहरुको हुलिया समेत जानकारी भैसकेकोले जाहेरी निवेदन आउनासाथ मुद्दा चलाउने र जहाँ लुकेर बसेपनि नियणत्रणमा लिएर प्रचलित कानुन बमोजिम काम कारवाही अगाडी बढाउने बताउदै यस भेगमा यस प्रकृतिको यस्तो घट्ना यस वर्ष पहिलो पटक भएको जानकारी दिए ।