TodayPati

सर्लाहीमा घर भत्किदा १ महिलाको मृत्यु मृत्यु, तीन घाइते

टुडेपाटी-

सर्लाही, असार ५ गते ।

सर्लाहीमा घर भत्किएर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

Sponsored

चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा गम्भीर घाइते भएकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चन्द्रनगर गाउँपालिका ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा सोही ठाउँ बस्ने हुकुम सिंहकी ६५ वर्षीया पत्नी देवकली साहको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको मलगंवास्थित श्रीराम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

यस्तै घरधनी कैलाश साहका बुवा ७० वर्षीय रामवरण साह, स्थानीय रोशन कापडकी ५ वर्षीया छोरी गुन्जना कुमारी र ३ वर्षीया छोरी जानुका घाइते भएको कुँवरले बताए ।

Sponsored

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *