TodayPati

महोत्तरीमा एकैदिन २ सय कोरोना संक्रमित भेटिए

रंजन भण्डारी

महोत्तरी, असार ३ गते ।

महोत्तरीमा पछिल्लो २४ घन्टामा दुई सय कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारले बुधबार गरेको मिडिया ब्रिफिङअनुसार महोत्तरीमा अब कोरोना संक्रमितको संख्या पाँच सय आठ पुगेको छ ।

Sponsored

सम्सी गाउँपालिकामा मात्रै एक सय ८२ कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले पालिका सिल गर्ने निर्णय गरेको छ ।

बम
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले ७२ घन्टाका लागि सम्सी गाउँपालिका सिल गर्ने निर्णय गरेको बताए । उनले यति धेरै संक्रमित थपिएपछि त्यसको व्यवस्थापन र थप तयारीका लागि सम्सी गाउँपालिका सिल गर्न लागेको बताए । सम्सी गाउँपालिकामा मात्रै दुई सय ७६ कोरोना संक्रमित पुष्टि भएका छन् ।

यस्तै जलेश्वर अस्पतालको सय बेडको आइसोलेसन र पिपरा स्वास्थ्य चौकीको ४३ बेडको आइसोलेसन बिरामीले भरिएका छन् । बाँकी कोरोना संक्रमितहरूलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमै राखेर उपचार गरिने कोभिड–१९ का स्रोतव्यक्ति गिरेन्द्र झाले बताए । उनले आइसोलेसनको व्यवस्था नभएसम्म क्वारेन्टाइनमै राखेर उपचार गर्नुको विकल्प नरहेको बताए ।

Sponsored

महोत्तरीमा सम्सी गाउँपालिकामा एक सय ८२, पिपरा गाउँपालिकामा चार र बल्वा नगरपालिकामा १२ संक्रमित थपिएका हुन् भने दुई संक्रमितको रिपोर्टमा ठेगाना पुष्टि नभएकाले त्यसको खोजी भइरहेको स्रोतव्यक्ति झाले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *