आरडिटी पोजेटिभ देखिएका युवकले क्वारेन्टिनमै गरे आत्महत्या
टुडेपाटी-
अर्घाखाँची, असार ३ गते ।
अर्घाखाँचीमा एक युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् ।
शितगंगा नगरपालिका ५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ वर्षीय देवबहादुर विकले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीका अनुसार आरडिटी परीक्षणमा उनको कोरोना पोजिटिभ देखिएको थियो ।
गएराती क्वारेन्टाइन नजिकैको एक रुखमा झुण्डिएर उनले आत्महत्या गरेको उनको भनाइ छ ।
Sponsored
गत जेठ १० गते भारतबाट घर फर्किएका विकको आरडिटी रिपोर्ट पोजिटिभ आएपछि पीसीआर परीक्षणका लागि जेठ २४ गते स्वाब संकलन गरी पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।