TodayPati

राष्ट्रपति भण्डारी उपस्थित हुने महायज्ञको सम्पुर्ण तयारी पूरा, एसपी र सीडीओले गरे अवलोकन

टुडेपाटी-
रौतहट, माघ २९ गते ।

रौतहटमा हुने मधानी महायज्ञको पूर्वतयारीको स्थलगत अवलोकनमा स्थानीय प्रशासन जुटेको छ। जिल्ला तहका प्रमुख प्रशासन तथा सुरक्षा निकायले निरन्तर महायज्ञस्थल पुरातात्विक महादेव मन्दिरको अवलोकन तथा निरीक्षण गरिरहेका छन्।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले आगामी फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा ुमधानी महायज्ञ( २०७६ु आयोजना गर्दैछ। सो महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाउने तथा विशेष पूजा गर्ने कार्यक्रम पनि रहेको छ ।

Sponsored

बुधबार रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे तथा प्रहरी उपरीक्षक ९एसपी० रविराज खड्काले महायज्ञको तयारीको अवलोकन गरेका छन्।

नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महायज्ञ भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न लागिएको हो। आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन गईरहेको महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यता रहनेछ। आयोजकका अनुसार फागुन ६ गते राष्ट्रपति भण्डारीले उक्त महायज्ञमा विशेष पूजा अनुष्ठान गर्नेछिन्। पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोचारण गराई राष्ट्रपति भण्डारीले पूजा गर्ने कार्यक्रम छ।

Sponsored

फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ। फागुन ६ गते भण्डारीबाट विशेष पूजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।

महायज्ञको सहआयोजक एस राज प्रोडक्सनसको सन्तोष राज सहनीका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका इन्दु सोनाली तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेतीलगायतको सांस्कृतिक प्रस्तुति रहने आयोजक समितिले बताइएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *