TodayPati

जनकपुरस्थित राजर्षी जनक विश्वविद्यालयमा नेविसंघको तालाबन्दी

टुडेपाटी समाचारदाता

जनकपुरधाम, माघ २९ गते ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका पदाधिकारीहरुले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

Sponsored

विश्वविद्यालयका पदाधिकारीहरुले अनियमित तरिकाले विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै आज (बुधबार) विश्वविद्यालयको भिसी र डिनको कार्यालयमा नेविसंघ धनुषाको नेतृत्वमा तालाबन्दी गरिएको हो ।

छात्रवृत्ति र विद्यार्थी भर्ना प्रक्रियामा विश्वविद्यालयका पदाधिकारीहरुले अनियमितता गरेकाले बाध्यतावश आफुहरुले तालाबन्दी गरेको नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले बताए । उनले भने, ‘नेविसंघ धनुषा विद्यार्थी भर्ना प्रक्रिया पारदर्शीरुपमा हुनुपर्ने र छात्रवृत्तिमा समेत अनियमितता नहुनुपर्ने माग राख्दै आन्दोलित भएको छ ।’

यता विश्वविद्यालयका डिन जुगेश्वर साहले विद्यार्थीहरुले कुन कारणले तालाबन्दी गरेका छन् त्यस सम्बन्धमा आफुलाई कुनै जानकारी नै नभएको बताए । विद्यार्थीहरुलाई आफ्ना मागहरु स्पष्टरुपमा लिएर आउन आग्रह गर्दै उनले अनियमितता सम्बन्धी छानविन गर्ने प्रतिबद्धता जनाए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *