TodayPati

महोत्तरीमा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

टुडेपाटी-

महोत्तरी, जेठ २६ गते ।

महोत्तरीमा सोमबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । 

Sponsored

गौशाला नगरपालिका १० का ४० वर्षीय डोमी मण्डलको मृत शरीरको आरडीटी परीक्षण गर्दा रिपोर्ट निगेटिभ आएको गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले जानकारी दिए ।

रिपोर्ट निगेटिभ आएपछि मृतक मण्डलको शवलाई दाहसंस्कारका लागि परिवारजनलाई जिम्मा लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डाक्टर रविन्द्रकुमार कुशवाहाले बताए । 

भारतबाट आई गौशालाको क्वरेण्टीनमा बस्दै आएका मण्डललाई गएको शनिबार पीसीआर रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *