TodayPati

सर्लाहीमा एम्बुलेन्सले चरेस ओसारपसार गर्ने तीन पक्राउ

टुडेपाटी-

सर्लाही, जेठ २५ गते ।

सर्लाही सदरमुकाम मलङ्गवाबाट एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो ।

मलङ्गवा नगरपालिका–८, झिलमिलियामाई मन्दिरबाट सोही ठाउँका ३७ वर्षीय राम दुलार रायलाई ८ किलो चरेससहित पक्राउ गरेको छ ।

रायकै बयानको आधारमा अनुसन्धान गर्दै जाँदा ‘मुस्लिम युथ हेल्प कमिटी’ मलङ्गवा–६, को नाममा रहेको ज १ च १४०७ नंं. को एम्बुलेन्सबाट थप १३५ ग्राम चरेस बरामद गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

Sponsored

एम्बुलेन्सका चालक मलङ्गवा नगरपालिका–३, का २८ वर्षीय मोहन राय यादव र सहयोगी मलङ्गवा नगरपालिका–४, का नथुनी ठाकुरलाई समेत पक्राउ गरेको उनले बताए ।

८ किलो चरेससहित पक्राउ परेका राम दुलार रायले एम्बुलेन्स चालक मोहन राय यादवले अन्यत्रबाट एम्बुलेन्समै हालेर ल्याई लागुऔषध भारतसम्म पुर्याइदिन जिम्मा लगाएको बयान दिएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *