देशभरका ३३ प्रहरीमा कोरोना संक्रमण, थप सतर्कता अपनाउन प्रधान कार्यालयको निर्देशन
टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।
देशभरका नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।
कपिलवस्तुमा २ जना, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २ र सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै सर्लाहीमा १ जना, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित ३३ मध्ये १४ जना भने संक्रमणमुक्त भइसकेका छन् । अन्यको भने विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ ।
Sponsored
प्रधान कार्यालयले स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन भएको जनाएको छ । देशभरका सबै युनिटमा क्वारेन्टिनमा निर्माण गरिएको छ ।