TodayPati

भंगहा नगरपालिकाका किसान ओलखेतीबाट गर्छन् करोडौं आम्दानी

रासस-
महोत्तरी, जेठ २० गते ।

महोत्तरी जिल्लाको  भंगहा नगरपालिकाका किसान अहिले ओल खेतीमा व्यस्त भएका छन् । थोरै लगानी र कम मेहनेतमै मनग्ये आम्दानी हुने भएको देखेर स्थानीयवासी किसान अहिले बन्दाबन्दीको मौका छोपी ओल खेतीमा लागेका हुन् ।

भौगोलिक दृष्टिकोणले विकट तथा सिंचाइको सुविधा नभएकाले अन्न बाली उत्पादन कम हुने भएकाले त्यस क्षेत्रका किसान बढी तरकारी बाली लगाउने गर्छन् ।

Sponsored

धान, गहुँ जस्ता बालीभन्दा पाँच गुणासम्म बढी आम्दानी हुने गरेकाले त्यस क्षेत्रका किसान ओल खेतीप्रति आकर्षित भएको स्थानीय किसान सत्यनारायण यादवले बताए ।

उनका अनुसार भंगहा क्षेत्रमा मात्रै प्रत्येक वर्ष ५० बिघा क्षेत्रफलमा ओल खेती हुन्छ । यहाँका किसानले एक कट्ठामा मात्रै ओल खेती गर्दा १० देखि १२ क्विन्टलसम्म उत्पादन हात लिन्छन् । प्रतिकिसान रु दुईतीन लाखसम्म आम्दानी हुने उनीहरु बताउँछन् । माटोमुनि फल्ने स्वास्थ्यको दृष्टिकोणले अति नै लाभदायक र खाँदा निकै मीठोे ओल सबैले मन पराउने तथा खाने गरेकाले यसबाट किसानले निकै आम्दानी गर्ने स्थानीयवासी किसान रामसागर यादवले बताए ।

यसबाट अचार, तरकारी जस्ता परिकार तयार गर्न सकिन्छ ।

Sponsored

शीतभण्डारको सुविधा भएमा वर्षभरि नै टिकाउन सकिने भएकाले ओल अति नै लोकप्रिय छ ।

प्रतिकट्ठा रु छ हजारदेखि आठ हजारको लगानीबाट औसत रु दुईतीन लाखसम्म आम्दानी हुने गरेकाले यहाँका किसानहरु ओल खेतीमा रमाएका छन्। उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ ।

बजारमा न्यूनतम रु ४० देखि ८० र कतैकतै रु १०० देखि १२० सम्ममा बिक्री हुने गरेको स्थानीयवासी किसान विजय महतोले बताए ।

नगरभरि नै ओल खेती हुने गरेकाले भंगहाका किसानले आफ्ना उत्पादन एकत्रित गरेर स्थानीय जलेश्वर, जनकपुर, बर्दिबाससहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा विकट पहाडी रुकुम, रोल्पासम्म समेत पु¥याउने गरेको किसान रामवृक्ष यादवले जानकारी दिए ।

प्रत्येक वर्ष चैत–वैशाखमा ओल रोपेर भंगहाका किसानले असारसाउन महिनाभरि खनी टाढाका बजारसम्म पठाएर सो नगरपालिकामा वार्षिक पाँच करोड रुपैयाँ भित्र्याउने गरेको किसान वृजमोहन यादवले बताए ।

विषादी छर्किनु नपर्ने, सिंचाइ भए नभए पनि खासै फरक नपर्ने तथा तीन महिनामै हुने उत्पादनबाट लाखौँ आम्दानी हुन्छ । किसानले कृषि कार्यालय, बीउबिजन केन्द्र र अन्य बीउ उत्पादनकर्तालाई पनि यसको बीउ बेच्ने गरेका छन् । रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *