TodayPati

धरानस्थित कोभिड-१९ अस्पतालबाट १८ जना कोरोना संक्रमण मुक्त

टुडेपाटी-

धरान, जेठ २० गते ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

Sponsored

झापाका १७ पुरुष र सुनसरीकी एक महिला गरी १८ जना कोरोना जितेर घर फर्केका हुन् । उनीहरूलाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।

सोही अवसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहित अस्पतालका चिकित्सक तथा स्वास्थ्कर्मीहरुले उनीहरूलाई पुष्पगुच्छा दिई विदाइ गरेका थिए ।

अब प्रतिष्ठानमा ८० संक्रमित र शंकास्पद ५ जना आइसोलेसनमा रहेको चिकित्सकले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *