सप्तरीमा खेल्दै गरेका दुधे बालकको खाल्डोमा डुबेरे ज्यान गयो
शुभ नारायण यादव-
सप्तरी, जेठ १५ गते ।
सप्तरीमा घर नजिकै खेल्दै गरेका बालकको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको छ । घर नजिकै खेल्दै गर्दा अचानक खुट्टा चिप्लीएर पानी जमेको गहिरो खाल्डोमा डुब्दा सप्तरीको रुपनी गाउँपालिका वडा न, २ का १६ महिने बालक आयुष कुमार मण्डलको मृत्यु भएको हो ।
उनलाई तत्कालै उद्धार गरि बेहोस् अवस्थामा उपचारका लागि युनिक अस्पताल लगिएकोमा उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कायाृलय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो । यता सो घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।