बटेश्वर प्रहरीचौकीको घर भत्कियो
टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।
धनुषाको बटेश्वर गाउँपालिका स्थित रहेको बटेश्वर प्रहरीचौकीको एउटा घर भत्किएको छ । भान्साकोठा, मोटरसाइकल राख्ने कोठा तथा प्रतिक्षालय समेत रहेको काठको घर बुधबार बिहान भत्किएको हो ।
हावाहुरीसहित वर्षा आएको केहि बेरमै एक्कासी घर भत्किएपछि भान्छाको ठाको समाना र तीनवटा मोटरसाईकलमा क्षति पुगेको चौकीका ईन्चार्ज असई शिवशंकर यादवले बताए । त्यति बेला सो घरमा कोहि नभएको मानवीय क्षति टलेको उनको भनाइ छ ।
सो घरमा पर्किंग गरि राखिएको चौकीको बा २ ब ८७२०, निजी प्रदेश २–०३००२ प ५४०७ र बी.आर.०५ एस.७५५८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा क्षति पुगेको जनाएको छ ।
भान्छाकोठा, प्रतिक्षालय र सवारी राख्ने घर नै भत्किएपछि चौकीमा खान,बस्ने, तथा आगन्तुकलाई उठबस गर्न समेत समस्या भएको छ । बटेश्वर प्रहरीचौकी झण्डै १० वर्षदेखि बटेश्वर स्थित साझा सहकारी संस्था लिमिटेडको भवनमा रहेको छ ।
Sponsored